दफा ८३
पुनः विवाह गर्न सक्ने
यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै अवस्थामा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछ :–
(१) दफा ८२ बमोजिम पति पत्नी बीच वैवाहिक सम्बन्ध अन्त्य भएमा,
(२) पति वा पत्नीको मृत्यु भएमा,
(३) पति वा पत्नीले कानून बमोजिम अंशबण्डा गरी भिन्न भएमा।